ad ad

बागमती


बागमतीमा लोपोन्मुख समुदाय र आश्रितको स्वास्थ्य बीमा

बागमतीमा लोपोन्मुख समुदाय र आश्रितको स्वास्थ्य बीमा

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १२:४०, काठमाडौँ

बागमती प्रदेश सरकारले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिदिने भएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले पाँच करोड २५ लाख रुपैयाँ खर्च गरेर स्वास्थ्य बीमा गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अनुसार पछाडि पारिएका समुदायको स्वास्थ्य बीमा गरिदिन लागेको बताए। बीमा कार्यक्रमबाट वनकरिया, सुरेल, माझी, चेपाङ, थामी, बोटे, दनुवारलगायतका समुदाय लाभान्वित हुने भएका हुन्।

मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश कार्यालय भक्तपुरबीच गत असोजमा असोज ४ देखि २०८१ असार समान्तसम्म लागु हुने गरी भएको सम्झौतापत्रमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलाल र बोर्ड बागमती प्रदेश संयोजक जीवलाल खरेलले हस्ताक्षर गरेका हुन्।

मन्त्रालयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको बीमा वापत्‌को ५० प्रतिशत प्रिमियम तिरिदिने भएको छ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्म सदस्य भएको परिवारले प्रतिपरिवार तीन हजार पाँच सय रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँ थप गर्नुपर्ने व्यवस्था छ।

प्रदेशका प्रत्येक वडाबाट नै लाभग्राहीको पहिचान गरेर स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गरिनेछ।

आर्थिक अभावका कारण लक्षित वर्गलाई उपचार पाउन समस्या भएपछि प्रदेश सरकारले उनीहरूको बीमा गरिदिन लागेको हो।

गत आ.व.मा प्रदेश सरकारले मकवानपुरका ६ सय ११, भक्तपुरका चार, ललितपुरका पाँच र चितवनका १७ गरी चार जिल्लाका ६ सय ३७ परिवारको बीमा गरिदिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .