ad ad

बागमती


हेटौंडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:४३, हेटौंडा

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडास्थित शान्ति टोलमा ट्रकको ठक्करबाट एकजना स्थानीय महिलाको मृत्यु भएको छ।

कान्ति लोकपथअन्तर्गत् चुच्चेखोलाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ ट्रकले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय निरा बजगाईंको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए।

घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले कान्ति लोकपथ सडक अवरुद्ध बनाएका थिए।

स्थानीयले घटनाको छानविनको माग राख्दै मृतक महिलाको शव उठाउन नदिएर सडकमा आगो बालेर आन्दोलनमा उत्रिएका थिए। अवरुद्ध सडक केहीबेर अघि खुलाइएको प्रहरीले जनाएको छ।

ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .