ad ad

बागमती


कोभिडका कारण मृत्यु भएका मेकानिक्सका सन्ततिलाई गल्फ लुब्रिकेन्टले दियो १ लाख १५ हजारको छात्रवृत्ति

कोभिडका कारण मृत्यु भएका मेकानिक्सका सन्ततिलाई गल्फ लुब्रिकेन्टले दियो १ लाख १५ हजारको छात्रवृत्ति

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १२:५२, चितवन

गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले चितवनको रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। रत्ननगर-१ निवासी सरस्वती चौधरीका दुई सन्ततिलाई कम्पनीको तर्फबाट एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्री वापतको एक लाख १५ हजार ३ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो।

मेकानिक्सको रूपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ जेठ २ मा कोभिड महामारीका कारण मृत्यु भएको थियो। उनको काठमाडौँ, सामाखुशीमा बीसी अटो वर्कशप थियो। उनी इन्जिन मेकानिक्स थिए। मृतक चौधरीका सन्तानलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो।

रत्ननगरको शिवकृपा अटो पार्ट्स सेन्टरमा बुधबार आयोजित एक कार्यक्रममा कम्पनीकी मार्केटिङ म्यानेजर पूर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक विक्रेता आशीर्वाद ट्रेडिङका सञ्चालक सुवास कँडेल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव टिकादत्त अधिकारी, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने लगायतले संयुक्त रूपमा चौधरी परिवारलाई चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीकी मार्केटिङ म्यानेजर पूर्णिमा गौतमले मेकानिक्सहरू नेपाल ल्युब आयलको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै उनीहरूको परिवारको जिम्मेवारी कम्पनीको काँधमा रहेको बताइन्।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अटोमोबाइल्स क्षेत्रका उत्पादक तथा वितरकहरूले मजदुरलाई खुसी पार्न भोजभतेर तथा खानपानमा लाखौँ रकम खर्च गर्नुभन्दा उनीहरूको सन्तानको शिक्षादिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमल्सिना, संघका वरिष्ठ उपाध्यक्ष सादिक शेख, शिवकृपा अटो पार्ट्स सेन्टरका सञ्चालक खडानन्द सेढाई लगायतको उपस्थिति थियो।

आशीर्वाद ट्रेडिङ भरतपुरका सञ्चालक सुवास कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम चितवन अटोमोबाइल्स एसोसिएसनका कोषाध्यक्ष रामशरण भट्टराईले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .