हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भएर पानीस्वारा भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा दुर्इजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षिय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षिय जित बहादुर थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
84
Shares
प्रतिक्रिया