बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेशका १३ जिल्लामा ११ हजार ३२८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा ३ हजार ७६६ जनामा डेङ्गु पुष्टि भएको छ।
यस्तै, काठमाडौँमा २ हजार ९०७, ललितपुर १ हजार ३५४, मकवानपुर ७८२, चितवन १ हजार ५७३, भक्तपुर ५३०, नुवाकोट १०४, काभ्रेपलाञ्चोक १७८, रामेछाप ५०, सिन्धुली ३४, सिन्धुपाल्चोक २६, दोलखा १८ जनामा र सबैभन्दा कम रसुवामा ६ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।
डेङ्गु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई÷दुई जना, काभ्रेपलाञ्चोक र मकवानपुरका एक÷एक जनासहित छ जनाको मृत्यु भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया