ad ad

बागमती


मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने बागमती प्रदेश सरकारको निर्णय

नेपालखबर
पुस ३, २०८० मंगलबार २०:३१, मकवानपुर (हेटौँडा)

बागमती प्रदेश सरकारको आफ्नै प्रादेशिक विश्व विद्यालय बनाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय गरिएको हो।

बैठकले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्बजानिक विश्वविद्यालय बनाउने निर्णय गरिएको छ। अबको केही दिन भित्रमानै आफुहरु र मकवानपुर क्याम्पस सञ्चालक समिति बिच बैठक बस्ने र काम पनि अगाडी बढाउने निर्णय गरिएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए।

बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाको गरी शैक्षिक हबको रुपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले प्रदेशको राजधानी हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएको हो।

सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो।

२०७८ चैत १५ मा जारी उक्त ऐनमा प्रदेशको मौलिक सम्भावना र चुनौतीलाई मध्यनजर गर्दै समुदायको ज्ञान, सीप र प्रविधिलाई शिक्षासँग जोड्न, शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई मर्यादित, गुणस्तरीय र व्यावहारिक बनाउन विश्वविद्यालय स्थापनाको व्यवस्था गरिएको छ।

प्रदेशको आर्थिक तथा सामाजिक विकासमा मद्दत पु¥याउने उद्देश्यले उच्च शिक्षाको संस्थागत विकास गर्दै वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने प्रदेश सरकारको योजना रहेको छ।

भाषा र संस्कृतिको विकास, स्तरयुक्त उच्च शिक्षाको सर्वसुलभ उपलब्धता, दक्ष जनशक्तिको आपूर्ति सुनिश्चितलगायतका लक्ष्य सरकारले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .