ad ad

बागमती


बागमतीमा मतगणना सुरु

बागमतीमा मतगणना सुरु

नेपालखबर
माघ ११, २०८० बिहिबार १६:४१, हेटौँडा

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती  प्रदेशमा मतगणना सुरु भएको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो।

मतदान सकिएलगै मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बागमतीमा कुल ३३७ मत रहेकोमा  ३४२ मत खसेको छ। ५ जना मतादाता भने मतदान प्रक्रियामा सहभागी भएनन्। प्रदेश सभा तर्फ हाम्र्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद

शैलेन्द्रराज बज्रचार्य र समता खड्की मतादानमा सहभागी भएनन्।  

यस्तै स्थानीय तहतर्फ ३ मतदाता मतदान प्रक्रियामा सहभागी भएनन्। काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटाको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान प्रक्रियामा सहभागी नभएका हुन्।

बागमती प्रदेश सभा तर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरेका छन्।

४ पदका ६ राजनीतिक दलबाट १५ जना उम्मेदवार
राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त हुन लागेको ४ सिटका लागि हुन लागेको निर्वाचनमा १५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। ६ राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने त्यस बाहेकका तीन दलको ११ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन्।

कांग्रेसका जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल सत्ता गठबन्धनदलका साझा उम्मेदवार हुन्।

कांग्रेसका बस्नेत अन्य क्लस्टरका उम्मेदवार हुन् भने कांग्रेसकी पुडासैनी महिला, माओवादी केन्द्रका अधिकारी अपांगता÷अल्पसंख्यक र एकीकृत समाजवादीका रिजाल दलित क्लस्टरका उम्मेवार हुन्।

यता, नेकपा एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले चुनावी मैदानमा उत्रिएका छन्।

नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन छन्। दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्ण लक्ष्मी दुवाल पनि राष्ट्रिय सभा निर्वाचनको चुनावी मैदानमा छन् ।

यता, राप्रपाबाट ३ जना चुनावी मैदानमा छन्। राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्ट छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .