विगत ५ महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै दूग्ध उत्पादक किसानहरू आन्दोलनमा उत्रिएका छन्।
बिहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुरका दूग्ध उत्पादक किसानहरूले प्रदेशस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर नारा जुलुस गरे। त्यसक्रममा उनीहरूले हेटौंडा–काठमाडौं आउजाउ गर्ने सडक समेत बन्द गराए।
दूध बिक्री गरेबापत करिब सात अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका हुन्।
चार/पाँच महिना भइसक्दा पनि दूधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैंकको ब्याज–किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै आफूहरु आन्दोलित हुनपरेको उनीहरूले बताए।
बक्यौता नपाएपछि आजदेखि चरणबद्ध आन्दोलन सुरु गरिएको दूग्ध उत्पादक संघका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले बताए। उनका अनुसार निजी क्षेत्रका डेरीले करिब ६ अर्ब रुपैयाँ र सरकारी स्वामित्वको दुग्ध विकास संस्था (डिडिसी) ले करिब ९० करोड रकम भुक्तानी दिएका छैनन्।
Shares
प्रतिक्रिया