महाशिवरात्रि पर्वका अवसरमा आज (शुक्रबार) काठमाडौँको गौशालास्थित पशुपति क्षेत्रमा दर्शनार्थीको भिडभाड हुने भएकाले ट्राफिक प्रहरीले सवारीसाधनलाई डाईभर्सन गराएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीसाधनलाई चाबहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकताअनुसार डाईभर्सन गरिएको छ।
त्यसैगरी मालवाहक सवारीसाधनलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिएको छ।
गौशाला क्षेत्रमा शुक्रबार ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन सम्पूर्ण चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन्।
१. डाईभर्सन गरिने स्थान
चाबहिलबाट गौशालातर्फ
ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ
द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग
सिफल चौरबाट जयबागेश्वरीतर्फ
लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ
गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ
तिलगंगाबाट गौशालातर्फ
मालवाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारीसाधनलाई गौरीघाटतर्फ
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चाबहिलतर्फ
तर मालवाहक तथा ढुवानीका सवारीसाधनबाहेक अन्य सार्वजनिक र भक्तजनका निजी सवारीसाधनलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
२. मालवाहक सवारीसाधनलाई गरिने डाईभर्सन
कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारीसाधनलाई जडीबुटी, काँडाघारी हुँदै बौद्वतर्फ
कोटेश्वर तीनकुने हुँदै पशुपति वरपरतर्फ जाने मालवाहक सवारीसाधनलाई तीनकुने आसपास व्यवस्थापन
महाराजगन्ज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारीसाधनले धुम्बाराहीमा मेला अवधिभर कुर्नुपर्ने
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारीसाधन जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।
३. पार्किङ स्थान
सिफल चौर- दर्शानार्थीहरूका सवारीसाधन
कोषको कार्यालय- सरकारी र सुरक्षाकर्मीका सवारीसाधन
भण्डारखाल- सरकारी र सुरक्षाकर्मीका सवारीसाधन
तिलगंगाको खाली स्थान र करिडोरमा- तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधन
वनकाली- शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन
गृहेश्वरी पारि- तीर्थयात्री, दर्शानार्थीका सवारीसाधन
Shares
प्रतिक्रिया