काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री दशमलव ५ डिग्री सेल्सियस पुगेको हो।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिहानैदेखि ‘न्यानो’ हुन थाल्छ।
‘न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस रहँदासम्म बिहान बिहान चिसो हुन्छ भने यसबाट माथि चढेपछि भने बिहानैदेखि न्यानो महसुस हुन थाल्छ’, उनले भनिन्।
615
Shares
प्रतिक्रिया