निरन्तर मौसम बदली र वर्षाका कारण देशभरको तापक्रम दिनप्रतिदिन घटिरहेको छ।
यसै क्रममा आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३.४ डिग्री सेल्सियसमा झरेको छ।
यही मे १ तारिखका दिन ३३.२ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम क्रमशः घट्दै आज (बुधबार) २३.४ डिग्रीमा झरेको हो, हिजो यहाँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस थियो।
यस्तै मे १ तारिखका दिन ४०.८ डिग्री सेल्सियसमा उक्लिएको जनकपुरको अधिकतम तापक्रम घट्दै घट्दै ३०.४ डिग्री सेल्सियसमा झरेको छ। मंगलबार जनकपुरको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस थियो।
केही दिनअघि ४० डिग्रीबाट पनि उकालो लागेको तराईका जिल्लाको अधिकतम तापक्रम घटेर आज (बुधबार) सबैभन्दा बढी धनगढीमा ३३.८ डिग्री सेल्सियस छ। तराईका जिल्लाको अधिकतम तापक्रम यसभन्दा तल नै छ।
हेर्नुहोस् कहाँको तापक्रम कतिमा झर्यो?
Shares
प्रतिक्रिया