काठमाडौँ उपत्यकामा आज (जेठ १८ गते) पनि अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस माथि नै देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको हो।
काठमाडौँ उपत्यकामा यस वर्षको अहिलेसम्मको बढी तापक्रम भने जेठ १२ र १७ गते समान ३४.४ डिग्री सेल्सियस देखिएको थियो।
आज (शुक्रबार) त्यसभन्दा केही तल झरेको हो।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने १९ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले जनाएको छ।
आज कहाँको तापक्रम कति? हेर्नुहोस् मौसम महाशाखाको यो सूची-
*काठमाडौँको अधिकतम तापक्रमबारे भूलवश अन्यथा लेखिएकाले शीर्षकसहित समाचार सच्याइएको। -सम्पादक
498
Shares
प्रतिक्रिया