ad ad

बागमती


बागमती प्रदेशसभा बैठक बस्दै, बजेट छलफल थालिने

बागमती प्रदेशसभा बैठक बस्दै, बजेट छलफल थालिने

नेपालखबर
असार ६, २०८१ बिहिबार ९:४०, हेटौँडा

बागमती प्रदेशसभा बैठक आज (बिहीबार) बस्दै छ।

बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो।

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल प्रारम्भ हुने प्रदेश सभा सचिवलयले जनाएको छ।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेटमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

सो प्रस्तावमा प्रदेशसभाका सदस्यले आआफ्ना धारणा राख्नेछन्।

बैठकमा सांसदले सरकारको आय-व्यय र राजस्व संकलनको अनुमान (बजेट) मा छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्‌काले जानकारी दिए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बढाएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी हो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .