‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर मनाइँदै छ।
मकवानपुरको विभिन्न स्थानहरु पनि यो दिवसलाई हर्षोल्लासका साथ मनाइएको छ।
हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा साना किासन कृषि बहुउदेशीय सहकारी संस्थाको समन्वयमा धान दिवस मनाइएको हो।
किसानहरू रोपाइँसँगै दही, चिउरा खाएर रमाइलो गर्ने चलन छ। 'मुठ्ठी रोपेर मानो फलाउने' महिनाका रुपमा चिनिने १५ असारलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ।
111
Shares
प्रतिक्रिया