भीषण वर्षाका कारण गएरातिदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान जलमग्न भएका छन्।
उपत्यकास्थित नदी/खोलाहरू कतिपय बस्तीमा पसेका छन्। प्रहरीले अहिले उद्धार जारी राखेको छ।
महानगर प्रहरीका अनुसार अहिलेसम्म बाढी तथा डुबानमा फसेका ७५ जनाको उद्धार गरिएको छ भने उद्धार गर्ने क्रम अझै जारी छ।
यसै क्रममा बल्खुस्थित बागमती नदीमा बाढी उर्लिंदा नदी किनारमा रहेको सुकुम्बासी बस्ती जोखिममा परेको छ।
हेर्नुहोस् तस्बिरहरू:
390
Shares
प्रतिक्रिया