ad ad

बागमती


नागरिकता विधेयकको विरोधमा हेटौंडामा जलाइयो प्रचण्ड-देउवाको पुत्ला र तस्बिर

नागरिकता विधेयकको विरोधमा हेटौंडामा जलाइयो प्रचण्ड-देउवाको पुत्ला र तस्बिर

नेपालखबर
साउन १३, २०७९ शुक्रबार २२:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले मकवानपुरको हेटौँडा विवादित नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। 

उक्त प्रदर्शनका क्रममा राप्रपा कार्यकर्ताहरूले नागरिकता विधेयक पास गराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन्। 

चर्को नाराबाजी गर्दै सडकमा उत्रिएका राप्रपाका कार्यकर्ताले हेटौँडामा मसाल जुलुस पनि निकाले। त्यसक्रममा उनीहरुले देउवा र तस्बिर र पुत्ला जलाएका हुन्।

राप्रपा मकवानपुरले नागरिकता विधेयकसँगै देशमा बढेको महँगी नियन्त्रणमा गर्न नसकेको,भ्रष्टाचार झन् झन् बढेको भन्दै अन्य नागरिक सरोकारका विषयलाई पनि लिएर प्रदर्शन गरेको हो। 

राप्रपाले पछिल्लो समय देशका विभिन्न भागमा प्रदर्शन गरिरहेको छ। नागरिकता विधेयकको विरोधमा कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि सडक तताइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .