ad ad

बागमती


एमाले बागमतीको निर्वाचन कार्यतालिका फेरि संशोधन, शुक्रबारलाई सर्‍यो मतदान

एमाले बागमतीको निर्वाचन कार्यतालिका फेरि संशोधन, शुक्रबारलाई सर्‍यो मतदान

नेपालखबर
असोज ११, २०८० बिहिबार १८:२, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेशको काठमाडौंमा जारी अधिवेशनको चुनावी कार्यतालिका पुनः संशोधन भएको छ।

बिहीबार साँझ ६ बजेका लागि तय भएको मतदान भोलि (शुक्रबार) बिहान ८ बजेबाट सुरु हुनेगरी कार्यतालिका संशोधन भएको निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार मतदानका लागि तोकिएको समयसम्ममा सहमतिको प्रयास जारी राखिने भएको छ। 

तामाङका अनुसार उम्मेदहरूको अन्तिम नामावली प्रकाशन भने बिहीबार ९ बजे हुने छ। सहमति हुन नसकेको अवस्थाम शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन हुने उनले बताए। 

नयाँ नेतृत्व छान्नका लागि हुन लागेको निर्वाचनको यसअघि पनि कार्यतालिका संशोधन हुँदै आएको छ। 

बिहीबार बिहान ८ बजेका लागि तय भएको मतदान पुनः साँझ ६ बजेसम्मका लागि स्थगित गरेर सहमतिको प्रयास गरिएको थियो।

उम्मेदवारी घोषणा र दर्तादेखि नै सुरू भएको विवादबीच वर्तमान अध्यक्ष केशव पाण्डेले नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .