काठमाडौँ उपत्यकामा आज (बुधबार) यस वर्ष अहिलेसम्मकै कम भएको न्यूनतम तापक्रम अझ घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ८:४५ बजे गरेको मापनअनुसार उत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि आजै बिहान ५:४५ बजेको मापनमा ५.८ डिग्री सेल्सियस देखिएको थियो।
अहिले त्यसभन्दा पनि अरू कम भएको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम यही भएको मौसमविद्को भनाइ छ।
153
Shares
प्रतिक्रिया