काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहानको भन्दा केही घटेको छ।
आज बिहान ६:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेकामा बिहान ८:४५ बजे ६.२ डिग्रीमा झरेको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम यही भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो भने अस्ति बिहीबार ४.५ डिग्री सेल्सियस थियो।
हिजो र आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको हो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताएका छन्।
Shares
प्रतिक्रिया