ad ad

बागमती


गोदावरी मेयरकपको उपाधि काठमाडौँलाई, मेयर बालेनले दिए बधाई

गोदावरी मेयरकपको उपाधि काठमाडौँलाई, मेयर बालेनले दिए बधाई

नेपालखबर
जेठ ५, २०८१ शनिबार १९:६, पाटन (ललितपुर)

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ। गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो।

उपाधि विजेता काठमाडौँ महानगरपालिकाले प्रथम पुरस्कार पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले तीन लाख प्राप्त गरेका छन्।

गत वैशाख २९ गते सम्पन्न हुनेगरी तयारी गरिएको प्रतियोगिता वर्षात्का कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले बताए।

गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयरकप फुटबल प्रतियोगिता भएको थियो। उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए। 

उपाधि हात पारेको टिमलाई मेयर बालेन्द्र शाह (बालेन) ले बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले तस्बिरहरू सेयर गर्दै मेयर कपको उपाधि हात पारेको बधाई दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .