ad ad

अपराध


धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटियो

धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटियो

सांकेतिक तस्वीर


नेपालखबर
बैशाख ३, २०८० आइतबार ६:३८, बैतडी

बैतडीमा एक जनाको शव फेला परेको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा हत्या गरिएको अवस्थामा सोही ठाउँका ३८ वर्षीय बाशुदेव जोशीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार शरीरमा धारिलो हतियार प्रहार गरेको घाउ छन्। शव रक्तामय अवस्थामा छ। शनिबार राति प्रहरीलाई घटना बारे जानकारी आएको थियो।

जोशी घरनजिकै पसल आउजाउ गर्ने बाटोमा मृत अवस्थामा भेटिएका थिए। हत्याको कारण र घटनामा संलग्नको पहिचान खुलेको छैन। अहिले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा छ।

‘हिजो राति भएकाले घटनास्थलको काम हुन सकेन, अहिले घटनास्थलको काम गर्छौ,’ आइतबार बिहान नेपालखबरसँग कुराकानी गर्दै प्रहरी निरीक्षक खत्रीले भने, ‘अहिलेसम्म कोही नियन्त्रणमा छैन, हामी अनुसन्धान गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .