ad ad

समाज


सिंहले क्रोध नियन्त्रण गर्नुपर्ने, कुम्भको मतिभ्रष्ट हुने, तपाईँको के? हेर्नुस् १७ असोजको राशिफल

सिंहले क्रोध नियन्त्रण गर्नुपर्ने, कुम्भको मतिभ्रष्ट हुने, तपाईँको के? हेर्नुस् १७ असोजको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असोज १७, २०८१ बिहिबार ४:२८, काठमाडौँ

आज बिहीबार, १७ असोज २०८१ (३ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सजिलै अरूको मन जित्न सकिनेछ। रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्।  काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष : धार्मिक कृत्यमा सहभागी बनिनेछ। घर-परिवारबाट सहयोग मिल्नेछ। ठिक समयमा सही निर्णय लिइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्यमा सरिक हुने समय छ। लामो यात्रा सुखद र सफल रहनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनीतिक कार्यमा बाधा आउनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कर्कट : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : आयव्यय बराबरी रहनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा २८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला : मनमा दुबिधा उत्पन्न हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। औषधि उपचार खर्च बढ्न सक्छ। बेलुकीपख भने हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : मनमा शान्ति छाउनेछ। रोकिएको धन हात पर्ला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट मनग्गे फाइदा होला। अरूलाई प्रभावित पारेर काम पट्याउन सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। जटिल ठानिएको काम पनि सजिलै सम्पादन हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घरजग्गा खरिदबिक्रीको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।

मकर : कार्यसिद्धिको योग छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ : मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : रोकिएका काम सुचारु हुनेछन्। अनावश्यक ठाउँमा धन खर्च हुँदा चिन्ता लाग्नेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुनसक्छ सचेत रहनु होला। नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४६, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नसोच्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .