ad ad

फोटोफिचर


तिहार लागेसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)


प्रविन कोइराला
कात्तिक ८, २०७६ शुक्रबार ७:१०,

हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु भएसँगै राजधानीका असन र इन्द्रचोकमा किनमेल गर्नेको घुइँचो देखिएको छ। दशैँपछिको ठूलो पर्व मानिने तिहारमा भाइमसला, सप्तरंगी टीका, ढाकाटोपीजस्ता सरसामान खरिदबिक्री तीव्र भएको छ।

ग्राहकहरु ठेलमठेल गरी सामान किनिरहेका छन् भने व्यापारीहरु पनि सामान बेच्न व्यस्त भएका छन्। तिहार हरेक वर्ष कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि पाँच दिन मनाइने गरिन्छ। यो पाँच दिनलाई यमपञ्चक भनिन्छ। कात्तिक शुक्लपक्षको द्वितीय तिथिमा भाइटीका मनाएसँगै तिहार सकिन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट अपभ्रंश हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ। यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ।

त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइपुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .