ad ad

कारोबार


डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा, छानबिन समितिले १ महिनाभित्र प्रतिवेदन दिने

डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा, छानबिन समितिले १ महिनाभित्र प्रतिवेदन दिने

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ५:१७,

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन्।

राष्ट्र बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई लागेका आराेपबारे छानबिन गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका हुन्।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार छानबिन समिति बनेपछि पदबाट स्वतः निलम्बन भएको मानिन्छ।

सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा श्रेष्ठबारे छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको हो।

उक्त छानबिन समितिले एक महिनाभित्र बैंककाे सञ्चालक समितिमा प्रतिवेदन पेस गर्नुपर्ने समयावधि दिइएको छ। 

श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतको फैसला नपुग्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा कानुनी प्रक्रिया पूरा नहुँदै विदेशी कम्पनीको लाभांश फिर्ता लैजान सहयोग गरेकोलगायत आरोप लागेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .