सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि तीनकुनेबीच सेवामा छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन्।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन्। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ।
यो सम्झौताले बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाससम्बन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया