ad ad

राजनीति


फेवातालमा डुंगा सयर गर्दै बंगलादेशी राष्ट्रपति

फेवातालमा डुंगा सयर गर्दै बंगलादेशी राष्ट्रपति

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ६:५७,

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा डुंगा सयर गरेका छन्।

चार दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन्।

पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए।

राष्ट्रपति हमिदसहितको टोली विमानस्थलबाट सीधै फेवाताल पुगेको पुगेको हो। उनको साथमा पत्नी र दुई छोरा पनि छन्।

फेवातालमा डुंगा सयरपछि राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम छ।

PRO_Pokhara_1185.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .