ad ad

कारोबार


ज्योति विकास बैंक र जेएमई रेमिट​बीच सम्झौता

ज्योति विकास बैंक र जेएमई रेमिट​बीच सम्झौता

नेपालखबर
मंसिर १, २०७६ आइतबार १३:३२,

ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिट​सँग सम्झौता गरेको छ​। बैंक र जेएमई रेमिट​बीच आइतबार सहकार्य सम्झौता भएको हो।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक​ सुशील कुमार शर्मा तथा जेएमई रेमिट​को तर्फबाट जेएमई रेमिट​का प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका छन्।

जेएमई रेमिट​ले स्थापनाकालदेखि नै जापानबाट​ गुणस्तरीय रेमिट सेवा प्रदान गर्दै आएको छ​। यस सम्झौता पश्चात जेएमई रेमिट​को रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ​।

ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट जेएमई रेमिट​को देश विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ​।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .