कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मानित भएको छ।
आइतबार ‘आठौं राष्ट्रिय कर दिवस, २०७६’ को अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो।
बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। साथै, बैंकले एबीबीएस, लेटेस्ट इन्टरनेट बैंकिङ एण्ड माबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।
प्रतिक्रिया