ad ad

कारोबार


मूल्यवृद्धि ६ प्रतिशत नाघ्याे, खाद्य र पेय पदार्थको मूल्य उच्च

मूल्यवृद्धि ६ प्रतिशत नाघ्याे, खाद्य र पेय पदार्थको मूल्य उच्च

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ११:१,

चालू आर्थिक वर्षमा सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको देखिएको छ। चालू आवकाे असाेजसम्म मूल्यवृद्धि छ प्रतिशतभन्दा माथि रहेको तथ्याङ्कले देखाएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७६ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो।

चालू आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा .१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा यस्तो (अक्टोबर महिनाको) मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो।

२०७६ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १२.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.७३ प्रतिशतले बढेको थियो। असोज सम्ममा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ११.६७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .