ad ad

खेल


ओलम्पिक टर्च सातै प्रदेशमा पुर्‍याइने

ओलम्पिक टर्च सातै प्रदेशमा पुर्‍याइने

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १०:५८,

आसन्न १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागका लागि देशभर ओेलम्पिक टर्च र्‍याली हुने भएको छ।

सातै प्रदेशका प्रमुख शहरहरुमा ओलम्पियन खेलाडीहरुले ओलम्पिक टर्चको परिक्रमा गरिनेछ। काठमाडौको स्वयम्भुमा शुक्रबार (६ गते) राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार शिलवालले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन्।

काठमाडौमा बिहिबार भएको पत्रकार सम्मेलनमा १३ जना ओलम्पियन खेलाडी सहभागी हुने नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। ओलम्पिक टर्च परिक्रमाको पहिलो दिन काठमाडौँबाट सुरु भई सात प्रदेशका प्रमुख शहरमा पुगी नवौं दिन दशरथ रगंशालामा आएर टुंगिनेछ।

ओलम्पिक टर्च परिक्रममा सागमा सर्वाधिक स्वर्ण पदक विजेता कीर्तिमानी ओलम्पियन दीपक विष्ट, एथ्लेटिक्सका कीर्तिमानी ओलम्पयन धावक बैकुण्ठ मानन्धर, एथ्लेटिक्सका साग स्वर्ण पदक विजेता राजेन्द्र भण्डारी सहभागी हुनेछन्।

यस्तै ओलम्पियन पौडीवाज नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जीत बहादुर केसी, उथलेटिक्सका ज्ञान बहादुर बोहोरा, सुटिङका टिकाराम श्रेष्ठ, एथलेटिक्सका राज कुमारी पाण्डे, कान्छीमाया कोजु, एथलेटिक्सका मुकुन्दहरी श्रेष्ठ र सागका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठ सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .