ad ad

कारोबार


ऊर्जा सम्मेलनको दोस्रो दिन : विद्युतको प्रयोगदेखि हेजिङ फण्डसम्मको चर्चा

ऊर्जा सम्मेलनको दोस्रो दिन : विद्युतको प्रयोगदेखि हेजिङ फण्डसम्मको चर्चा

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ११:५८,

ऊर्जा सम्मेलनको दोस्रो दिनको सेसनमा वातावरण प्रदूषण कम गर्न विद्युतको प्रयोगदेखि हेजिङ फण्डसम्मको चर्चा भएकाे छ। 

साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले अहिले सञ्चालित ७० प्रतिशत बढी सवारी इन्धनबाट चल्ने भएकाले प्रदूषण बढेको बताए। वातावरण प्रदूषणको प्रमुख कारण यातायात नै रहेको देखिएको भन्दै उनले विद्युतीय गाडी नै यो प्रदूषणको विकल्प रहेको बताए।

उनले विद्युतीय सवारीसाधन नै भरपर्दो हुने दाबी गरे। साझा यातायातले तीन सय विद्युतीय बस सञ्चालन गर्न सरकारबाट अनुमति पाएको बताउँदै उनले आजको सेसनमा जानकारी गराएका थिए। कन्साइ पावर जापानका महाप्रबन्धक मिचियाकी मास्टुमुराले नेपालमा जलाशय जलविद्युत् आयोजनाको निर्माणमा ठूलो लगानी आवश्यक पर्ने बताए।

जलविद्युत आयोजनाको विद्युत् खरिद दर (पीपीए) मोडालिटीबारे प्रस्तुति दिएका उनले तमोर, उत्तरगंगा, दूधकोशी, नलसिंहगाडलगायत आयोजनामा धेरै लगानी चाहिने बताए।

वैदेशिक लगानीमा निर्माण हुने जलाशय आयोजनामा हुने लगानी जोखिम न्यूनीकरण गर्न ‘हेजिङ फण्ड’को व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। यस्तो जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले हेजिङ फण्डका लागि काम गरिसकेकाले लगानी सुरक्षित हुने बताए।

नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन लिमिटेड (एनएचपीसी) का कार्यकारी निर्देशक अजयकुमार सिंहले भारतमा जलविद्युत् विकासमा लगानी गरेर विद्युत् उत्पादन गरिरहेको बताए। उनले सात हजार ७१ मेगावाटका आयोजनामा लगानी गरिसकेको बताए।

एनएचपीसीको लगानीमा निर्माण भएका २४ जलविद्युत् गृह अहिले सञ्चालनमा रहेको जानकारी सिंहले सम्मेलनमा दिए। करिब ५ हजार मेगावाटका आयोजना निर्माणाधीन रहेको बताए। काठमाडौं विश्वविद्यालयका प्राध्यापक हरिप्रसाद न्यौपानेले जलविद्युत् गृहमा जडान हुने टर्बाइनको परीक्षण गर्ने राम्रो ल्याब नहुँदा समस्या हुने गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .