ad ad

राजनीति


नेपाल–भारत समन्वय बैठक सकियो, सीमा व्यवस्थापनका लागि संयुक्त अभ्यास गर्ने सहमति

नेपाल–भारत समन्वय बैठक सकियो, सीमा व्यवस्थापनका लागि संयुक्त अभ्यास गर्ने सहमति

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ११:५७,

नेपाल–भारत समन्वय समितिको चौथो बैठक पोखरामा सम्पन्न भएको छ।

बुधबारबाट सुरु भएको तीन दिने बैठकमा दुवै देशका अधिकारीहरुबीच सीमा व्यवस्थापनलाई मजबुत राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गर्ने सहमति भएको छ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका अधिकारी तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरुको सहभागिता थियो।

भारतका तर्फबाट भने सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोली सहभागी थियो।

बैठकमा नेपाल र भारत सीमावर्ती अपराध नियन्त्रणका लागि आवश्यक सहयोग आदानप्रदान गर्न पनि सहमत भएका छन्। त्यस्तै, चार्डपर्वका अवसरहरुमा नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मिलित सहायता कक्षलाई निरन्तरता दिने,आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोक्ने कामलाई निरन्तरता दिने र नियमित ‘गुडविल भिजिट’ गर्ने सहमति पनि भएको छ।

बैठकमा तेश्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने, अन्तरदेशीय व्यावसायिक तालिममा दुवै देशका सुरक्षाकर्मी सहभागी गराउनेजस्ता सहमति पनि भएका छन्।

पाँचौ नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा हुने निर्णय पनि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .