ad ad

कारोबार


प्रदेश ३ को उद्योग, वन तथा पर्यटन मन्त्रालयलाई सुझाव दिन कार्यदल गठन

प्रदेश ३ को उद्योग, वन तथा पर्यटन मन्त्रालयलाई सुझाव दिन कार्यदल गठन

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ११:१,

प्रदेश नं ३ को प्रदेश उद्योग, वन तथा पर्यटन मन्त्रालयलाई सुझाव दिन ५ सदस्यीय संसदीय कार्यदल गठन गरिएको छ।

प्रदेश सभाको उद्योग, वन तथा वातावरण समितिका सभापति रमा आले मगरका अनुसार प्रदेश सरकारले ल्याइरहेको वातावरण विधेयकमा महत्वपूर्णल सुझाव दिन कार्यदल गठन गरिएको हो। कार्यदलको संयोजकमा सांसद विराजभक्त श्रेष्ठलाई चुनिएको छ।

सुझाव कार्यदल सदस्यहरुमा सांसदहरु निमा लामा, पार्वति सिलवाल, प्रतिमा श्रेष्ठ र मणि राम फुयाल छन्। अब आउने अधिवेशनमा सदनमा वातावरण विधेयक पेश भइरहेको सन्दर्भमा विधेयक जनमुखी र दीगो बनाउन यसरी सुझाव संकलन गर्न लागिएको हो। प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिअन्तर्गत रहेर कामकारवाही गर्ने अख्तियारी पाएको कार्यदलले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई सरोकारवाला र विज्ञसँग छलफल गरी अध्ययन प्रतिवेदन बुझाउने कार्यदलका संयोजक विराजभक्त श्रेष्ठले बताए।

‘२१औँ शताब्दीको पूर्वाधार अर्थात् औद्योगिक विकास भनेको वातावरणीय पक्षलाई नसमेटी अपूरो हुन्छ। पर्यटनको विकाश तथा वन तथा वातावरणविना कल्पना पनि गर्न सकिँदैन’, कार्यदलका संयोजक सांसद विराजभक्त श्रेष्ठले भने, ‘यसकारण प्रदेश सरकारलाई मार्गदर्शन गर्ने वातावरण विधेयकमा समेट्नैपर्ने पक्षहरु संकलन गरी पेश गर्छौँ।’

प्रदेशभित्रको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्नको लागि बनेको विधेयक, २०७६ अहिले प्रदेश सभामा टेबुल हुने तयारीमा छ। उक्त विधेयकमा सुझाव संकलनका लागि आमनागरिकहरुसँग छलफल कार्यक्रम समेत राखिने कार्यदलका संयोजक श्रेष्ठको तयारी छ । कार्यदललाई समितिबाट अनुमोदन गर्ने बित्तिकैदेखि औपचारिक रुपमा तयारी थालेपनि कार्यदलले अनौपचारिक रुपमा संवाद र तयारी थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .