चालू आर्थिक वर्षको बजेटले कुल राजस्व संकलन गर्नुपर्ने आकार बढाएको छ।
गत आर्थिक वर्षको तुलनामा यो वर्ष अर्थमन्त्री जनार्दन शर्माले राजस्वको लक्ष्य नै १ खर्ब ९० अर्ब रुपैयाँ वृद्धि गरेका छन्।
गत आर्थिक वर्षमा १० खर्ब ५० अर्बको लक्ष्य थियो भने चालू आर्थिक वर्षमा १२ खर्ब ४० अर्ब को लक्ष्य अर्थमन्त्रालयले बजेट मार्फत राखेको हो।
तर लक्ष्य बढाएअनुसारको राजस्व नउठेको देखिएको छ। चालू आर्थिक वर्षको दुई महिना बितेको छ। अहिले लक्ष्यभन्दा निकै कम राजस्व उठेको देखिएको छ।
आन्तरिकतर्फको राजस्वको कुरा गर्ने हो भने यो दुई महिनामा ७५ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो।
तर साउन र भदौमा लक्ष्यको झण्डै ८ अर्ब रुपैयाँ कम अर्थात् ६७ अर्ब ९१ करोड रुपैयाँ मात्रै संकलन भएको छ।
त्यसको शीर्षकगत अवस्था हेर्ने हो भने आयकर लक्ष्यको ७८ प्रतिशत, घर बहाल कर ६१ प्रतिशत, इन्ट्रेस्ट ८३ प्रतिशत शुल्क उठेको छ।
अन्य शीर्षकमा लक्ष्यअनुसार वा सोभन्दा बढी छ। समग्रमा आन्तरिक राजस्वमा लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व संकलन भएको हो।
भन्सारतर्फको राजस्वमा पनि सरकारले लक्ष्यको ७४ प्रतिशत मात्रै संकलन गरेको छ।
आन्तरिक र भन्सारतर्फको राजस्व गरी सरकारले १ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेको छ।
Shares
प्रतिक्रिया