सिनेमा हलधनीहरूको छाता संगठन नेपाल चलचित्र संघले आफ्ना सदस्यहरूको व्यवसाय समाप्त पार्न लागेको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ।
संघका महासचिव नरेन्द्र महर्जनले शुक्रबार विज्ञप्ति जारी गरी संघका सदस्यहरूको व्यवसायमा बाधा पुग्ने गरी विकास बोर्डको नेतृत्वबाट नियतवश भइरहेको गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।
‘नेपाल चलचित्र संघको अस्तित्वलाई नस्वीकार्ने, सीमित व्यक्तिहरूको घेराबन्दीमा रही व्यक्तिवादी निर्णय गर्ने, सेन्सर सिफारिसमा आलटाल गर्ने विनाकारण रात्रि शो बन्द गराउने, कर्मचारीहरूद्वारा हाम्रा सदस्यहरूलाई धम्की दिने र अनेक बहानामा दुःख दिनेजस्ता कार्यहरु तत्काल रोकी सहमति र सहकार्यमा अगाडि बढ्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
आफूहरूको आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रिने चेतावनी संघले दिएको छ।
‘यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जवाफदेही स्वयं चलचित्र विकास बोर्डको नेतृत्व वर्ग हुनेछ’, विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्ति
Shares
प्रतिक्रिया