ad ad

कारोबार


भ्रमण वर्षका लागि हाेटल क्षेत्र तयार

भ्रमण वर्षका लागि हाेटल क्षेत्र तयार

नेपालखबर
पुस १, २०७६ मंगलबार १२:०,

नेपाल भ्रमण वर्ष आउनै लाग्दा हाेटल क्षेत्र तयार देखिएकाे छ। अहिलेकै अवस्थामा नेपाली हाेटलहरूले २५ लाख पर्यटक धान्नसक्ने क्षमता राख्ने नेपाल पर्यटन बाेर्ड तथा व्यवसायीहरूले बताएका छन्। 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा हाल २५ लाख पर्यटक धान्नसक्ने होटल रहेको बताए। तर पर्यटकको लागि होटलमा समस्या नभए पनि अन्य भौतिक पूर्वाधारहरू विमानस्थल, सडक (यातायात)लगायतमा विशेष जोड दिनुपर्ने अवस्था छ।

उनले भने, ‘अहिलेकै अवस्थामा नेपाली हाेटलले २५ लाख पर्यटक धान्न सक्छन्।’

भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालमा धमाधम नयाँ होटेल खुल्दै छन्। भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ। अन्य पूर्वाधारमा कमजोर भए पनि होटलहरुको क्षमता भने पर्याप्त भएको सरकारले बताउँदै आएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि भ्रमण वर्ष २०२०लाई आधार वर्ष मानेर २०३० सम्म भ्रमण दशक मनाउन लागेकोले भौतिक पूर्वधारमा विशेष जोड दिनुपर्ने बताउँदै आएका छन्। उनले २०२० मा २० लाख पर्यटक धान्न सक्ने होटल क्षमता भए पनि भ्रमण दशक मनाउन लागेकोले निजी क्षेत्रको अझै होटल व्यवसायमा लगानी आवश्यक भएको बताउँदै आएका छन्।

पर्यटक देशभर जाने भए पनि तारे होटेल काठमाडाैंमा मात्रै केन्द्रित भएको आरोप पनि लाग्ने गरेको छ। तर होटल एसाेसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले भने विस्तारै उपत्यकाबाहिर पनि तारे होटल खुल्न थालेको बताए।

lumbini hotel 4

‘जता धेरै पर्यटक हुन्छन्, उतै तारे होटेल खुल्ने हुन्। पर्यटकको फैलावटसँगै होटल खुल्छन्। अहिले विराटनगर, सिमरा, बुटवल, नेपालगञ्जमा तारे होटल खुल्दै छन्’, उनले नेपालखबरसँग भने, ‘१०० भन्दा बढी तारे होटल देशका विभिन्न भागमा बन्दै छन्। ती छिट्टै सञ्चालनमा आउँछन्।’

उनले पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीकै शब्द सापटी लिँदै २५ लाख पर्यटक धान्नको लागि होम स्टेदेखि तारे होटल सक्षम रहेको दाबी गरे।

कति छन् हाेटल?
पर्यटन विभागका अनुसार हाल १५ वटा ५ तारे होटल छन् भने ४ तारे १३ वटा दर्ता भएका छन् ।

यी हुन् १५ पाँच तारे होटल
१. सोल्टी होटल प्रा.लि ताहाचल काठमाडौं
२. द फुलबारी लिमिटेड पोखरा
३. तारागाउँ रिजेन्सी होटेल लिमिटेड बौंद्ध
४. याक एण्ड यति होटेल लिमिटेड दरबारमार्ग
५ होटेल हेल अन्नपूर्ण प्रा.लि दरबारमार्ग
६. होटल सांग्रीला, लजिम्पाट
७ द मल्ल होटल प्रा.लि काठमाडौं
८पोखरा ग्राण्ड, पार्दि पोखरा
९ होटल ओरियण्टल (र्‍याडिसन होटल) लाजिम्पाट
१० द होटेल एभरेष्ट इन्टरनेशनल लि. नयाँ बानेश्वर
११ टाईगरवान प्रा.लि तिलोत्तमा रुपन्देही
१२ सोल्टी शिवविक्रम होटेल्स तथा रिसोर्टस प्रा.लि नेपालगञ्ज
१३ होटल सेन्ट्रल प्लाजा प्रा.लि कोहलपुर बाँके
१४ होटल एभरेष्ट हस्पिटालिटी एण्ड होटल (होटल मेरियट नक्साल काठमाडौं)
१५ छायाँदेबी कम्पलेक्स प्रालि (होटल अलफ्ट) ठमेल

१५ वटा ५ तारेमध्ये पोखराको द फुलबारी लिमिटेड सञ्चालनमा छैन भने काठमाडौं बानेश्वरको द होटल एभरेष्ट केही समय बन्द भएर फेरि सञ्चालनमा आएको छ ।

१३ वटा ४ तारे होटल
१ होटल शंकर प्रा.लि लाजिम्पाट
२ होटल हिमालय कुपण्डोल
३ होटल ओपेरा प्रा.लि महेन्द्रनगर
४ होटेल कृष्णा, नेपालगञ्ज
५ होटल इच्छा प्रा.लि,सिमरा बारा
६ होटल मिस्टिक माउन्टेन प्रा.लि, नगरकोट
७ भ्यू होटल सिद्धार्थ प्रा.लि, नेपालगञ्ज
८ होटल सरोवर प्रा.लि, पोखरा
९ होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि, रुपन्देही
१० ग्राण्ड होटल प्रा.लि, ताहाचल काठमाडौं
११ अर्किड होल्डिङ्गस् प्रा.लि (होटल क्राउन), रविभवन
१२ लक्जरी इन्टरनेश्नल प्रा.लि (होटल निवार्ण),रुपन्देही
१३ आकामा होटल, धुम्बाराही काठमाडौं

नेपालगञ्जका होटेल स्नेहा र कल्पतरु होटेल ४ तारेमा वृद्धिको लागि निवेदन दिएको विभागले जानकारी दिएको छ। यसबाहेक ३ तारे ३३ वटा २ तारे ४३ र १ तारे ४५ वटा रहेको पर्यटन विभागले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .