ट्राफिक प्रहरीले ट्याक्स्सीमा छुटेको एक तोलाको सुनको सिक्री खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
मंसिर २६ गते अन्दाजी १ः४५ बजेको समयमा काठमाडौं जडिबुटि चौकदेखि ललितपुरको च्यासल खेल मैदानसम्म जाँदा लक्ष्मी तामाङको सुनको सिक्री नम्बर नखुलेको टयाक्सीमा छुटेको थियो। उनले दिएको निवेदनको आधारमा प्रहरीले सीसीटीभीको माध्यमबाट ट्याक्सीको खोजी गरेको थियो।
फेला परेको सिक्री महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राज कुमार बैदवारले मंगलबार सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया