ad ad

कारोबार


सेलपे र सस्तोडिलबीच सहकार्य

सेलपे र सस्तोडिलबीच सहकार्य

नेपालखबर
पुस ८, २०७६ मंगलबार १०:२६,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म ‘सस्तोडिल’बीच सहमति भएकाे छ। आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘सेल–ए–ब्रेसन’ अफरको लागि सहकार्य भएकाे हाे। यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुनेछ।

यस क्रिसमस र नयाँ वर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तोडिलसँग सहकार्य गरी ‘सेल–ए–ब्रेसन’ अफर ल्याएको छ, जस अन्तर्गत ग्राहकहरुले सस्तोडिल मार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४०प्रतिशत डिस्काउन्ट सेलपे एप्प मा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन् र थप १० प्रतिशत डिस्काउन्ट (डीजी डा. ब्राउन्स, कार्ने, हिमालया बबी केयर, बी ब्लुभ, इनरगिजार एण्ड एक्स–एज) को सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन्।

सस्तोडिलमा सेलपे मार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तोडिल मार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्छ र ‘पे नाउ’ मा ट्याप गर्नुपर्छ। यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .