ad ad

राजनीति


कांग्रेसको असहमतिपछि ‘सूचना प्रविधि विधेयक’ पारित भएन

कांग्रेसको असहमतिपछि ‘सूचना प्रविधि विधेयक’ पारित भएन

नेपालखबर
पुस ८, २०७६ मंगलबार ९:५३,

प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मंगलबार असफल भएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको विधेयकमाथि आफूहरुले राखेको संशोधनलाई बेवास्ता गरिएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएपछि विधेयक पारित हुन नसकेको हो।

सांसद बहादुरसिंह लामाले उपसमितिमा छलफल भएपछि तयार पारिएको प्रतिवेदनमा आफूहरुले राखेको संशोधन प्रस्तावलाई बेवास्ता गरिएको भन्दै असहमति जनाए। उनले समाजिक सञ्जालमा सम्प्रेषण गर्न बन्देज गर्ने व्यवस्था भएको दफा ९१ देखि ९४ सम्मका विषय हटाउनुपर्ने र विधेयकको दुरुपयोग गर्न नहुने सम्बन्धी व्यवस्था भएको दफा ८८ अपुग भएकोले हटाइनुपर्ने बताए।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने तथा हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान राखिएको छ। यस्तो विषयमा संशोधन हुन नसके आफुहरु नोट अफ डिसेन्ट लेख्न बाध्य हुने उनले बताए।

समितिका सभापति कल्याणी कुमारी खडकाले चार महिना सम्म समितिमा अडकिएर बसेको र ३६ बुँदामा संशोधन भएकोले सहमति जानाउन आग्रह गरिन्। उनले फरक मत राख्नेले सहमति जनाउन सक्ने आधारहरु पनि नदिने र अडान लिइरहने प्रवृति देखिएकोले सहमतिमा आउन आग्रह गरिन्।

बैठक केही समय स्थागित गरी सहमति जुटाउन प्रयास गरिएपनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नमानेपछि आगामी आइतबार छलफल गर्ने गरी स्थिगित भएको छ। तर समितिको बैठक खानेपानी सम्बन्धी विधेयकमाथिको छलफलका लागि बुधबार बिहान ११ बजे भने बस्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .