ad ad

कारोबार


कार्यालयमा काम गर्ने वातावरण नभएपछि भन्सार एजेन्टले महानिर्देशकलाई बुझाए ज्ञापनपत्र

कार्यालयमा काम गर्ने वातावरण नभएपछि भन्सार एजेन्टले महानिर्देशकलाई बुझाए ज्ञापनपत्र

नेपालखबर
पुस १३, २०७९ बुधबार १२:१७, काठमाडौँ

नयाँ भन्सार एजेन्टले भन्सार कार्यालयमा काम गर्ने वातावरण नभएको बताएका छन्। 

भन्सार विभागका महानिर्देशकलाई नयाँ एजेन्टले १५ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। 

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले भन्सार विभाग त्रिपुरेश्वरमा विभागका महानिर्देशक   चक्र बहादुर बुढालाई भन्सार एजेन्टका विभिन्न समस्या समाधान सहितका १५ बँुदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । 

नेपालको अन्तर्राष्ट्रिय व्यापारको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेको थियो।  अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६६० जना भन्सार एजेन्टलाई लोक सेवा आयोगमार्फत भन्सार एजेन्ट नामावली प्रकाशित गरेको थियो।  

भन्सार एजेन्टको इजाजतपत्र लिइसक्नुपर्ने अवधिभित्र ६१८ जनाले इजाजत पत्र लिएका थिए। 

भन्सार एजेन्टले इजाजतपत्र पाएको ७ महिना पुगिसक्दा पनि भन्सार कार्यालयहरुमा काम गर्ने वातावरण नबनेको बताएका छन्।

‘भन्सार एजेन्टको इजाजत लिने समयमा कुनै सरकारी कार्यालय, आयोग, कुटनितिक नियोगकमा सेवा गरिहेका कर्मचारीको हकमा समेत अनिवार्य राजीनामा पेश पश्चात मात्र भन्सार विभागले लाइसेन्स दिइएको थियो,’ ज्ञापनपत्र बुझाउँदै उनीहरुले भने,‘तर अहिले यति लामो समय बितिसक्दा समेत यस पेशामा काम गर्ने वातावरण नबनेको प्रति पिडित पक्षको गुनासो रहेको छ।’

राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पु¥याउने गरेको उनीहरु बताउँछन्। 

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष श्री भोलानाथ अर्यालले भन्सार कार्यालयमा हुने अनाधिकृत व्यक्तिको प्रबेश, गैह भन्सार एजेन्ट विगविगी, भारतीय नागरिकको अनाधिकृत प्रवेश, भन्सार कार्यालय भन्दा अन्यत्र क्षेत्रबाट चोरी निकासी, पैठारी, साथै सफ्टवेयर सिस्टमलाई सिस्टममा रुपान्तरण गर्न नसक्नुले राजस्व संकलनमा असर गरेकोले यसलाई बदल्न राज्यले आवश्यक कदम चाल्नुपर्ने बताए। 

ज्ञापनपत्र बुझ्ने क्रममा भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले परिषद्को माग जायज भएकोमा उक्त मागहरु मध्ये विभागले तत्काल सम्बोधन गर्न सक्ने मागहरु आफ्नो तर्फबाट गर्ने र नितिगत मागहरुमा अर्थ मन्त्रालय संग सहकार्य गर्नको लागि भन्सार विभाग र परिषदले संगसंगै पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .