ad ad

कारोबार


होटल संघ नेपालले अर्थमन्त्रीलाई राख्यो ३ बुँदे माग

होटल संघ नेपालले अर्थमन्त्रीलाई राख्यो ३ बुँदे माग

नेपालखबर
पुस १४, २०७९ बिहिबार ११:५६, काठमाडौँ

होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले बुधबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणार्थ ३ बुँदे माग राखेको छ। 

अर्थमन्त्री नियुक्त भएकोमा बधाई दिँदै अध्यक्ष राणाले यसअघि उनको कार्यकालमा भएका सहयोगी निर्णयका लागि संघको तर्फबाट कृतज्ञता व्यक्त गर्दै आफ्ना माग राखेकी हुन्। 

उनले ब्याजदर, कर्जाको सावाँब्याज तिर्ने समय थप र पुनर्कर्जा र पुनर्तालिकीकरणको माग अर्थमन्त्रीसमक्ष राखेकी हुन्। 

अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको स्पष्ट पारिन्। 

उक्त अवसरमा कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए पनि यसका स्वरुपहरु फैलिरहेका र क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा संचालनमा रहेको हुँदा देशैभरका होटल व्यवसायीहरुले माग गरेका ज्वलन्त समस्याहरु समाधानका लागि पनि उनले आग्रह गरिन्।

साथै, नेपाल राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा निर्देशिका तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकताप्राप्त उद्योगको रुपमा कानुनमै व्यवस्था गर्न संघले आग्रह गरेको छ। 

उक्त अवसरमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागिपरेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने र यसलाई सहज बनाइने विश्वास व्यक्त गरे। 

प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष विनायक शाह, महासचिव साजन शाक्य, कार्यसमिति सदस्यहरु गोपाल राना, युवराज श्रेष्ठ, रामकुमार पुरी, ठाकुर पोखरेल, सदस्यहरु शशिकान्त अग्रवाल, रानि बाङलगायत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .