ad ad

कारोबार


जापानको आँखा छलेर निशानका पूर्व प्रमुख कसरी लेबनान पुगे?

जापानको आँखा छलेर निशानका पूर्व प्रमुख कसरी लेबनान पुगे?

नेपालखबर
पुस १६, २०७६ बुधबार १०:३५,

जापानको न्यायप्रणालीको आलोचना गर्दै गोसन मंगलबार लेबनान पुगेका हुन्। उनी केही समयअघि पक्राउ परेर धरौटीमा रिहा भएका थिए।

उनीविरुद्ध जापानमा चार अभियोगमा मुद्दा चलिरहेको छ। यद्यपि उनले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आएका छन्।

उनलाई कम्पनीले आन्तरिक अनुसन्धानमा दोषी देखिएको भन्दै बर्खास्त गरेको थियो। उनले प्रमुख कार्यकारी हुँदा रकम हिनामिना गरेको आरोप छ।

गोसन मार्चमा ९० लाख अमेरिकी डलर धरौटी राखेर रिहा भएका थिए। तर फेरि उनी पक्राउ परेका थिए। पछि फेरि अप्रिलको अन्त्यतिर उनलाई रिहा गरिएको थियो। उनलाई जापान छोड्ने अनुमति पनि थिएन।

प्रहरीले निगरानी राखिरहेकै समयमा गोसन कसरी लेबनान पुगे भनेर यतिबेला अनुसन्धान भइरहेको छ।

गोसनसँग फ्रेन्च, ब्राजिलियन र लेबनिज नागरिकता छ। लेबनानले गोसन कानुनी रुपमै प्रवेश गरेको बताएको छ।

उनी टर्कीको इस्तानबुलबाट निजी विमानमा लेबनान पुगेको बताइएको छ। जापानले अमेरिका र दक्षिण कोरियासँग मात्रै सुपुर्दगी सन्धि गरेको कारण उनी लेबनानमै रहने निश्चितप्रायः छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .