ad ad

राजनीति


प्रधानमन्त्रीले विदेशी पर्यटनमन्त्रीसँग भने, ‘यहाँको समाज असल र सहयोगी छ’

प्रधानमन्त्रीले विदेशी पर्यटनमन्त्रीसँग भने, ‘यहाँको समाज असल र सहयोगी छ’

नेपालखबर
पुस १६, २०७६ बुधबार १०:३८,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताएका छन्।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ तथा भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो।

प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो परिवर्तनपछि राजनीतिक असमानता अन्त्य भई सामाजिक न्याय र समानतासहितको समृद्धि बाटोमा अघि बढेको उल्लेख गर्दै हाम्रो राष्ट्रिय अभियान समृद्धिसँगै तीव्र आर्थिक वृद्धिदर हो भने। उनले पर्यटनमार्फत अर्थतन्त्र र कूल गार्हस्थ्य उत्पादनमा तीव्र वृद्धि गर्न चाहेको उल्लेख गरे। प्रधानमन्त्रीले सानो समूह गरिबी र पछौटेपनबाट जकडिएको र त्यसलाई माथि उकास्नका लागि पर्यटन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीले नेपाली समाजको आधारभूत चरित्र अतिथि देवो भवः अर्थात अतिथिलाई भगवान सरह आदर सत्कार गर्ने चरित्र भएको बताए। उनले भने, ‘नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः हो। पर्यटक पाहुनाका निम्ति यहाँको समाज असल र सहयोग छ।’

उनले पछिल्लो समय जलवायु परिवर्तनले हिमालको सौन्दर्य बिग्रिएको र यसबारे विश्वको ध्यान केन्द्रित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण विश्वकै चुनौती भएको उल्लेख गरे।

प्रधानमन्त्रीले भने, ‘हमालीले सगरमाथा संवादमार्फत पनि विश्वको ध्यानाकर्षण गर्छौं, भ्रमण वर्ष पर्यटन र पर्यटकका लागि मात्र हैन यो मार्फत जलवायु परिवर्तनबारे विश्वलाई ध्यानाकर्षण गराउँछौँ।’ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रकृति, संस्कृति र साहसिक गतिविधि नेपाली पर्यटनको विशेषता रहेको भन्दै भ्रमण वर्षले नेपाललाई विश्वसामु पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .