ad ad

कारोबार


उमेशलाल श्रेष्ठले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घाेषणा, प्यानलमा को-को?

उमेशलाल श्रेष्ठले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घाेषणा, प्यानलमा को-को?

उमेशलाल श्रेष्ठ र उनको प्यानल। तस्बिर : सरोज बैजू


नेपालखबर
चैत २०, २०७९ सोमबार १७:४०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घाेषणा गरेका छन्। 

श्रेष्ठले यही चैत २८ र २९ गते हुने महासंघको चुनावमा आफ्नाे प्यानलसहित उम्मेदवारी घाेषणा गरेका हुन्। 

श्रेष्ठकाे प्यानलबाट जिल्ला तथा नगरमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल  र एसाेसिएटतर्फकाे उम्मेदवार भरतराज आचार्य रहेका छन्। 

वरिष्ठ उपाध्यक्षकाे उम्मेदवारी घाेषणा गर्दै उनले आफ्नाे समूह व्यवसायीकाे समस्या समाधान गर्ने भएकाे बताएका छन्। विना शर्त व्यवसायीका समस्या समाधान गर्न अग्रसर हुने उनको भनाइ छ।  

हाल जिल्लातर्फकै उपाध्यक्ष रहेका दिनेशलाल श्रेष्ठले ३ दशकदेखि व्यवसायीकाे हकहितकाे लागि काम गरिएकाे बताएका छन्। उनले व्यवसायीकाे हक हितकाे लागि आफूहरूकाे टिमले आवाज उठाउन सक्ने बताएका छन्। 

वस्तुगततर्फका उम्मेदवार हेमराज ढकालले १४ कार्यसमिति सदस्यसहित उम्मेदवारी घाेषणा गरेका छन्। उनले माैलिक वस्तुकाे उत्पादनमा ध्यान दिने बताएका छन्। 

उम्मेदवारी घाेषणा गर्दै एसोसिएटतर्फका उम्मेदवार भरतराज आचार्यले सशक्त नेतृत्व दिन सक्ने बताएका छन्। उनले महासंघमा राेजगार परामर्शदाता परिषद्मा थुप्रै काम गरेकाे बताएका छन्।

उनले एसोसिएटतर्फ सर्वसम्मत गर्न अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलाई आग्रह समेत गरे।

सबै तस्बिर : सरोज बैजू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .