ad ad

कारोबार


टेक्नोको दसैँ अभियान सुरु

टेक्नोको दसैँ अभियान सुरु

नेपालखबर
असोज १७, २०८१ बिहिबार १८:२०, काठमाडौँ

मोबाइल ब्रान्ड टेक्नोले आफ्नो दशैँ अभियानलाई रोमाञ्चक अफरको साथ सुरु गरेको छ।

कम्पनीले "मनाऔँ चाडपर्व टेक्नोसँग" नामक योजना ल्याएको हो। यसअन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहकहरूले थाइल्यान्डको नि:शुल्क भ्रमणको अवसर लगायत चेस्ट ब्याग, स्पिकर र ब्लुटुथ स्पिकर सहित दैनिक उपहारहरु प्राप्त गर्न सक्नेछन्।  

टेक्नोका नवीनतम सुपरस्टार फोनहरू टेक्नो स्पार्क गो वान र बब्बाल च्वाइस फोन, टेक्नो स्पार्क थटी सीले पहिले नै आफ्नो अविश्वसनीय सुविधाहरूले बजारमा तरंग ल्याइसकेका छन्। प्रारम्भिक मूल्य टेक्नो स्पार्क गो वान को लागि रु ११,९९० र टेक्नो स्पार्क थटी सी को लागि रु १६,४९० रहेको छ । यसको आकर्षक विशेषताहरुले सर्वत्र ग्राहकहरुको मन जितेको छ । 

टेक्नो स्पार्क गो वानमा सेग्मेन्ट फर्स्ट १२० हर्ट्ज रिफ्रेस रेट, ४ जीबि यार्म सहितको डुअल स्टेरियो स्पिकरहरू रहेका छन् र यसले चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टी प्रदान गर्दछ। 

टेक्नो स्पार्क थटी सीमा ५० एमपी प्राइमरी क्यामेरा, १२० हर्ट्ज स्मूथ डिस्प्ले, ५००० एमएएच ब्याट्री र स्टाइलिश डिजाइन रहेका छन् । यो फोन, चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टीका साथ जेन जी र ट्रेन्डसेटरहरूको लागि उत्कृष्ट विकल्प बनेको छ।

नेपालभर ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले ग्राहकहरुलाई एक उत्कृष्ट सेवा र सुविधा सुनिश्चित गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .