ad ad

कारोबार


इसेवाबाट शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेसको भुक्तानी सजिलै गर्न सकिने

इसेवाबाट शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेसको भुक्तानी सजिलै गर्न सकिने

नेपालखबर
चैत २१, २०७९ मंगलबार १८:१४, काठमाडौँ

लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोषअन्तर्गत व्यवस्थित लगानी योजना र युनिट खरिदको इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। 

इसेवा एप तथा वेब पेजमा रहेको फाइनान्सियल सर्भिसभित्र गएर इन्भेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फन्डको एसआईपी÷युनिट पर्चेस खरिद गर्न सकिने भएको हो। 

यसका लागि क्यापिटलमा दर्ता नभएका ग्राहकलाई इसेवामार्फत नै रजिष्ट्रार गर्न मिल्ने गरी सेवा उपलब्ध गराइएको बताइएको छ। 

लक्ष्मी क्यापिटल मार्केट लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको कम्पनी हो। लक्ष्मी क्यापिटल सन् २०११ देखि मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ कार्यमा सक्रिय रहँदै आएको छ। 

क्यापिटलले आफ्नो पहिलो क्लोज इन्डेड म्युचुअल फन्ड स्किम, लक्ष्मी भ्यालु फन्ड १ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। हाल क्यापिटलले लक्ष्मी इक्विटी फन्ड तथा लक्ष्मी उन्नति कोषको व्यवस्थापन गरिरहेको छ। 

साथै हाल उक्त क्यापिटलले आफ्नो पहिलो ओपन इन्डेड स्किम, शुभ लक्ष्मी कोषको व्यवस्थापन गरिरहेको छ। यस्बाहेक, लक्ष्मी क्यापिटलले पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेज, डिम्याट सर्भिसेज, इस्यु म्यानेजमेन्ट तथा कर्पोरेट एडभाइजरी सर्भिसेजजस्ता सेवा प्रदान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .