ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) सचिन कुमार भदैसवार घुस रकमसहित पक्राउ परेका छन्।
जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको ९ हजार रुपैयाँ घुससहित नियन्त्रमा लिएको हो।
उनलाई घुस रकम लिइसकेको अवस्थामा मिर्चैया नगरपालिका ५, थानाचोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
24
Shares
प्रतिक्रिया