ad ad

कारोबार


आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै

आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै

नेपालखबर
बैशाख ५, २०८० मंगलबार ७:५२, काठमाडौँ

आजदेखि काठमाडौंमा ऊर्जा सम्मेलन हुँदै छ।

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ नाराका साथ आठौं ऊर्जा सम्मेलन सुरु गर्न लागिएको हो।

सम्मेलन मंगलबार र बुधबार दुई दिन चल्ने छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गर्ने ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै छन्।

सो सम्मेलनमा ऊर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ।

यसमा विद्युत् उत्पादक, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गरिरहेका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिले सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .