ad ad

कारोबार


राष्ट्रिय योजना आयोगमा थपिए ३ सदस्य

राष्ट्रिय योजना आयोगमा थपिए ३ सदस्य

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८० शनिबार ८:१६, काठमाडौँ

आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्ति गरेको छ।

अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई शुक्रबार राष्ट्रिय आयोगको सदस्य पदमा नियुक्ति दिइएको हो। 

नवनियुक्त आयोग सदस्य डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन्। उनले अस्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। यस्तै आरपी विछा र प्रभु बुढाथोकी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्ति हुन्। 

पौडेल र विछाले शुक्रबारै पदको शपथ खाइसकेका छन् भने बुढाथोकी हाल  काठमाडौँ उपत्यकाबाहिर रहेकाले उनले शपथ खान बाँकी छ।

यसअघि सरकारले आयोगका उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ तथा सदस्यमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको छ। आयोगको अध्यक्ष भने प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। तीन सदस्य थपिएसँगै आयोगले पूर्णता पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .