ad ad

राजनीति


कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभा आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभा आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

फाइल तस्बिर : नरबहादुर कर्माचार्य


नेपालखबर
बैशाख ९, २०८० शनिबार ८:३९, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को वार्षिक केन्द्रीय सभा आज हुँदै छ। 

महालक्ष्मीस्थान, ललितपुरस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा आज दिउँसो २ बजे सुरु हुने सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड प्रतिष्ठानका संरक्षकसमेत हुन्। 

सभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालको विशेष आतिथ्य रहने आयोजकले जनाएको छ। 

०७३ मा स्थापित प्रतिष्ठानले देशैभर शाखा विस्तार गरेको छ।

सचिव शंकर दुलालका अनुसार नेपाली वाम–लोकतान्त्रिक आन्दोलनको इतिहास, समग्र नेपालको इतिहास, संस्कृति, नेपाली समाजको विकासक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणका विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन गर्नु प्रतिष्ठानको मुख्य लक्ष्य हो।

प्रतिष्ठानले वैज्ञानिक र रोजगामूलक क्षेत्रमा विशेष योगदान पुर्‍याउन बहुप्राविधिक शिक्षालयसमेत सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .